कश्मीर आक्रमणमा मारिएका बुटवलका सुदीपको शव आजै नेपाल ल्याउने तयारी

509 1

 भारतको जम्मू कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा परी मृत्यु भएका नेपाली सुदीप न्यौपानेको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले सुदीपको शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको हो ।‘अहिले शवको पोष्टमार्टम कार्य भइरहेको छ । यो सकिएपछि हामी शव नेपाल पठाउँछौँ । सम्भव भएसम्म आज साँझ, नभ्याए भोलि  नेपाल पठाउँछौँ,’ नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोतले भन्यो ।

सुदीप गत शनिबार आमा र दुई नातेदारसँगै भारतको जम्मू कश्मीर घुम्न गएका थिए । आतंकवादीहरूले मंगलबार जम्मू कश्मिर घुम्न गएका पर्यटकमाथि आक्रमण गर्दा सुदीप पनि परेका थिए । घटनामा २६ जना पर्यटकको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले सुदीपको शवलाई उनकी आमा र दुई नातेदारसँगै नेपाल पठाउन लागेको छ । 
सुदीपको घर बुटवल उपमहानगरपालिका–१४ भएका कारण उनको शव नयाँ दिल्लीबाट काठमाडौं हुँदै पठाउने वा गोरखपुर हुँदै बुटवल पठाउने भन्ने निर्णय भइनसकेको स्रोतले बतायो ।

समन्धित समाचार