आजको मौसम: हल्का देखि मध्यम बर्षाको सम्भावना

23 1

हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसले गर्दा अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ ।

आज (मङ्गलबार) दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।

मधेश प्रदेशमा दिउँसो आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पाइएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

समन्धित समाचार