पोखरा घटनाः बेलुनमा हाइड्रोजन भर्ने भारतीय पक्राउ

502 1

पोखरामा आयोजित भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएका बेलुन विस्फोट घटनामा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४१ वर्षीय कमलेस कुमार रहेका छन् । कमलेसलाई  वडा प्रहरी कार्यालय, बैदामले  पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । फागुन ३ गते भ्रमण वर्ष उद्घाटन समारोहका क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँसेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट निस्किएको झिल्काले लागेर विस्फोट भएको थियो । प्रहरीका अनुसार सोही दिन कमलेसलाई नियन्त्रणमा लिइएको हो ।

बेलुन विस्फोटको घटनामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । अर्थमन्त्री पौडेलले उपचारपछि सोमबार कीर्तिपुर अस्पतालबाट डिस्चार्ज पाएका छन् भने मेयर आचार्यको अझै केही दिन अस्पतालमै उपचार जारी रहने चिकित्सकहरूले बताएका छन् ।

पक्राउ परेका कमलेससँग हाइड्रोजन उत्पादन, भण्डारण र बलुन भर्ने प्रक्रियाबारे जानकारी संकलन भइरहेको छ, साथै कानुनी दायरामा ल्याउन आवश्यक कारबाही प्रक्रिया अघि बढाइँदैछ ।

समन्धित समाचार