बाँके जंगलमा बस पल्टिँदा १५ जना यात्रु घाइते

7 3

सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जंगलमा बस पल्टिँदा १५ जना यात्रु घाइते भएका छन् ।

महोत्तरीको बर्दिवासमा लघु वित्तीय संस्था विरुद्ध संघर्ष समिति मधेश प्रदेशको आयोजना भएको कार्यक्रममा सहभागी भई पथलैया तर्फ जाँदै गरेको बस बिहीबार साँझ ७ बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।बर्दिवासबाट पथलैया तर्फ जाँदै गरेका ना. ७ ख.३६४३ नम्बरको सिटी राईड बस दुर्घटना भएको हो ।

ईश्वरपुर नगरपालिका वडा नम्बर १३ पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बाँके जंगलको घारी बथान जाने चोक नजिक तीव्र गतिको कारण आफै अनियन्त्रित भई पल्टिदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

समन्धित समाचार