मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

mo accident

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सडक छेउका डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी भीमदत्त नगरपालिका १३ बडैपुरका २१ वर्षीय गणेश विष्ट र भीमदत्त नगरपालिका १६ का २१ वर्षीय कैलास सिंह साउँद रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले बताए ।

सोमबार राति दोधारा चाँदनीबाट महेन्द्रनगर आउँदै गरेको सु.प.प्र. ०१–०१२ प ९२४९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

समन्धित समाचार