नारायणघाटबाट काठमाडौं आउँदै गरेको माइक्रो धादिङमा दुर्घटना भएको छ ।
शनिबार बिहान ८ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारास्थित पृथ्वी राजमार्गमा नारायणघाटबाट आउँदै गरेको बा २ ख ७६३६ नम्बरको माइक्रो दुर्घटना भएको हो। माइक्रो आफै अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।
दुर्घटना भएको माइक्रोमा १४ जना यात्रु सवार थिए। उनीहरूमध्ये ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको उनीहरूको प्रशान्त फार्मेसी चौकीटारमा उपचार भइरहेको छ।माइक्रो र चालकलाई प्रहरी चौकी जोगीमाराले नियन्त्रणमा लिएको छ ।