सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । मन्त्रालय भवनको माथिल्लो तलामा आगलागी भएको हो । सिंहदरबार प्रहरीका अनुसार मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो ।
उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।
आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको जनाइएको छ । विद्युत सर्ट भइ आगोलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकाको दमकल, सेना र प्रहरी तथा कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा आएको छ । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन ।