सिन्धुलीको खनियाँखर्कमा यात्रुबाहक इभी दुर्घटनाः ६ जना घाइते

4 2

बीपी राजमार्गको सिन्धुलीमाडी-खुर्कोट खण्ड अन्तर्गत गोलञ्जोर गाउँपालिका-५ खनियाँखर्क नजिक काठमाडौं आउँदै गरेको यात्रुवाहक विद्युतीय सवारी (इभी) दुर्घटना भएको छ ।

झापाबाट काठमाडौं आउँदै गरेको बा १ ०३० च ९६४२ नम्बरको इभी आज बिहान ४ बजे दुर्घटना हुँदा ६ जना घाइते भएका छन । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब चार सय मिटर तल खसेर क्षतविक्षत भएको छ । गम्भीर घाइतेहरूलाई उपचारका लागि सिन्धुली अस्पताल र्पुयाइएको छ । घाइतेहरुको पहिचान खुलेको छैन । रातिको समय भएकाले चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । चालक पनि गम्भीर घाइते छन् ।

समन्धित समाचार