धरानको खानेपानी समस्याको हल तमोरबाट पानी ल्याएमा मात्र हुन्छ : पूर्वराष्ट्रपति भण्डारी

11

 पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले धरानको खानेपानीको समस्यालाई समाधान गर्न तमोरबाट पानी ल्याउनु पर्ने बताएकी छन् ।

धरानमा नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले धरानको खानेपानी समस्याको हल तमोरबाट पानी ल्याएमा मात्र हुने बताएकी हुन् ।

पानी पिउनको लागि शुद्ध तमोरको टनेलको माध्यमबाट ल्याउन सके सुनसरी, मोरङ र झापा गरि तीन जिल्लालाई पिउनसँगै र सिँचाइ गर्न लागि समेत पुग्ने उनको भनाई थियो।

धरानमा खानेपानीको कमी हुँदै आएको छ । पानीको बहस भइरहेका वेला पूर्वराष्ट्रपति भण्डारीले यस्तो उपाय दिएकी हुन् । 

समन्धित समाचार