चितवनको गोंद्राङमा ‘होलसेल सोफा साम्राज्य’ सञ्चालनमा आएको छ।
बिगत १० बर्सदेखी फर्निचर उत्पादन तथा बिक्रीमा लागेका प्रोपाईटर सुजन बिकले संचालनमा ल्याएको यस सोफा साम्राज्यमा आकर्षक डिजाइन र उत्कृष्ट गुणस्तरका सोफादेखि दराज, बेड, टेबल लगायत घरायसी फर्निचरका सम्पूर्ण सामाग्री एकै स्थानमा सहज रूपमा उपलब्ध हुनेछन् ।
महेन्द्रराज मार्ग स्थित कोकोकोला फ्याक्ट्रीको अर्को पट्टी रहेको यस शोरुममा १० हजारदेखि १ लाख रुपैयाँसम्मका विभिन्न प्रकारका सोफाहरूका साथसाथै फर्निचर सम्बन्धी सम्पूर्ण सामाग्रीहरु सुपथ मुल्यमा पाइनेछन् । यसका साथै ग्राहकको आवश्यकताअनुसार आफूले चाहेको डिजाइन र साइजमा फर्निचर अर्डर गरेर तयार पार्न सकिने सुविधा पनि उपलब्ध गरिएको छ ।
शो–रुममै फर्निचर उत्पादन गरिने भएकाले ग्राहकले आफ्नै रोजाइको फर्निचर आफ्नै आँखाअगाडि तयार पारेर लैजान पनि सक्नेछन् । साथै, घरमा बिग्रिएको वा प्रयोग गर्न नमिल्ने पुराना फर्निचरहरू ल्याएर नयाँ फर्निचर लैजान सकिने ‘एक्चेन्ज अफर’ को सुविधा पनि रहेको सञ्चालक सुजन विकले जानकारी दिएका छन् ।
यसैगरी आगामी तीज पर्वलाई लक्षित गर्दै शोरुमले ५ देखि १५ प्रतिशतसम्म विशेष छुटको व्यवस्था पनि गरेको छ भन्दै सञ्चालक विकले भने, ‘हामी ग्राहकको रोजाइ, आवश्यकताअनुसार डिजाइन र गुणस्तरलाई प्राथमिकता दिन्छौं|”
चितवनको प्राईम लोकेसनका साथै राजमार्गमै शो-रुम भएकोले ग्राहक वर्ग सजिलै यसबाट उपलब्ध सेवाहरु लिनसक्ने छन् | साथै घरमै बसेर आफुलाई आबश्यक परेको फर्निचर अर्डर गर्न पनि सकिने छ भने अर्डर भएका सामाग्रीहरु होमडेलिभरीको सुबिधा समेत गरिएको छ | यसका लागि फोन नम्बर ९७६७४६५९८३ र ९७६१७२७७२३ मा सम्पर्क गर्न सकिनेछ |













































