परराष्ट्रमन्त्री आरजु र प्रचण्ड धनगढी जाँदै

5 22

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी जाने भएका छन् । पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन प्रचण्ड आज धनगढी जान लागेका हुन् ।

प्रचण्डसहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि धनगढी जाने भएका छन्।

माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक आज बिहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ । त्यस्तै काङ्ग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि आज धनगढीमा जाने भएकी छिन् । गौरा पर्वमा सहभागी हुन उनी धनगढी आउन लागेकी हुन्।

समन्धित समाचार