प्रतिपक्षलाई कमजोर नठान्नू, शक्तिको दुरुपयोग भए सडकसम्म उत्रिनसक्छौं : प्रचण्ड

12 16

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण गलत बाटोतर्फ अग्रसर भएको टिप्पणी गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर सरकार अग्रसर भएको बताएका हुन्।

उनले भने , ‘जनताभन्दा स्वार्थी समूह अझै माफियाहरुको सेवा अग्रसर छ। त्यसैले अब रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने भयो भन्ने चिन्ताले म बोल्दैछु।’ उनले प्रतिपक्ष कमजोर नभएको भन्दै सत्तादेखि सडकसम्म उत्रिनसक्ने चेतावनी दिए। सरकारको जगमा विश्वास नभई डरले बनेको प्रचण्डले दाबी गरे।

समन्धित समाचार