राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक केही समय अघिदेखि सुरु भएको हो ।
बैठकमा पार्टीका सदस्य डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । साथै बैठकमा समसामयिक राजनीतिक र राष्ट्रिय भेलाको तयारीका बारेमा पनि छलफल भइरहेको छ ।
