तत्काल माग पुरा नभए थप आन्दोलनमा जान्छौ  : रेलमार्ग पिडित संघर्ष समिति 

6 14

प्रस्तावित रेलमार्ग पिडित संघर्ष समिती भरतपुर ८,७,५,४,१६ रेलामार्गको बिकप्ल तत्काल नगए  थप आन्दोलनमा जाने भएको छ | प्रस्तावित रेल मार्ग पिडित संघर्ष समिती ८,७,५,४,१६ को आज भएको बृहत भेलामा सो बिषयमा  छलफल भएको हो |

8 14

संघर्ष समितिका अध्यक्ष भगिरथ पहारीको सभापतित्वमा सम्पन्न भएको सो भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा भरतपुर महानगर पालिका वडा नं ७ का वडा अध्यक्ष राजेन्द्र मणी काफ्लेले हालको प्रस्तावित मार्गमा रेल नआउने कुरामा ढुक्क भएपनि चुपलागेर बस्न नहुने बताउनु भएको छ | कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नु भयो “हाल प्रस्त्वावित मार्गमा रेल आउदैन यसको विकल्प खोजिन्छ भन्ने कुरामा म लगायत सिंगो महानगरपालिका ढुक्क छ तर यति भन्दैमा चुप लागेर नबसी तत्काल संघर्षका थप कार्यक्रम शुरु गर्नुपर्छ र आबश्यक परे राजधानीमा गएर प्रदर्शन गर्न पनि पछि पर्न हुदैंन |”

9 16

यसैगरी कार्यक्रमका अर्का वक्ता वालकुमारी कलेजका सहायक कलेज  प्रमुख आनन्द ढुंगानाले रेल पिडित संघर्षको  कार्यक्रममा आफ्नो एक्यबद्धता रहेको जनाउदै आवश्यक परेको खण्डमा जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको जानकारी गराउनु भयो |

8 14

भेलामा संघर्ष समितीले हाल सम्म गरेका काम कारबाही र प्रगति बिषय छलफल  भएको थियो | रेलमार्गको बिकल्पमा जान प्रधानमन्त्री स्वयम् सकारात्मक रहेको बताउनु भएको र केहि समय पर्खन सबै जनालाई जानकारी गराईनुका साथै  रेल बिभागले महानगरपालिकालाई रेल विभागबाट हाल भइरहेको कामका बिषय लेखेको जवाफी पत्र पढेर सुनाईएको थियो |  रेल विभागको पत्रमा  सर्भेटोलीको गाडी जलाईएपछि सो सम्बन्धी सम्पूर्ण कार्यस्थगित भएको र हालसम्म डी पी आरको काम सम्पन्न नभएको जनाईएको छ |

4 16

 

समन्धित समाचार