राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
यसअघि २०७९ वैशाखमा भएको स्थानीय निर्वाचनका बेला रास्वपा गठन भइसकेको थिएन, त्यसैले भाग लिन पाएन । तर, उपनिर्वाचनमा भने भाग लिने निर्णय पार्टीले गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
निर्वाचन आयोगले सरकारसँगको परामर्शपछि आगामी मंसिर तेस्रो साता देशका ३५ तहमा रिक्त जनप्रतिनिधिका लागि उपनिर्वाचन गर्ने तयारी थालेको छ ।
