मध्यरातमा गएर दुई वटा नेताले कागजमा सही गर्दैमा संबिधान संशोधन हुदैन : माधवकुमार नेपाल

18 5

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा बहुमत पाएर पनि राजनीतिक स्थायित्वको पक्षका काम गर्न नसकेको भन्दै त्यस्ता खालका गल्ति स्वीकार गरेर अघि बढ्नुपर्ने पनि अध्यक्ष नेपालले बताउनु भयो । उहाँले संविधानमा कतिपय विषय छलफल गर्नुपर्ने भएपनि त्यसलाई अचानक अघि बढाउने कुरा मान्य नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले केही दिएको छ, केही दिएको छैन । संविधान अवश्य पनि छलफलको विषय बन्छ । तर त्यो मध्यरातमा गएर दुई वटा नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन । त्यो गर्नुपर्ने हो भने खुलस्त बहस गरौं । कहिल्यै बहसको कुरा नल्याउने, अचानक मध्य रातमा हस्ताक्षर । यसले नियतमाथि शंका खडा गर्ने कुरा स्वभाविक हुन्छ । त्यही कुरा मैले संसदमा पनि उठाएको थिए ।’

त्यही कुरा मैले उठाएको छु सबै ठाउँमा पनि । मलाई बोल्न त मन थिएन । तर सन्दर्भ यहाँ आयो । प्रचण्डजीले मलाई के सुनाउनु भयो भने–आज आउनुभएको थियो । तपाई र मेरो सम्बन्ध भनेको अब अन्तिम सास फेरुन्जेलसम्म हो । स्वर्ग पनि सँगै जाने हो, नर्क पनि सँगै जाने हो । भोलिपल्ट त जाँदै थिए । बीच बाटोमा प्रचण्डजीको पिठयूमा ठयाक्क लात्ति परेपछि पछारिनु भयो उहाँ । त्यसो हुनाले ती सन्दर्भहरु धेरै नकोटयाउ । म प्रत्येक नेतालाई भन्न चाहन्छु–मम गर्नुहोस् । आफूमाथि केही कमजोरी भएका छन् । त्यसलाई स्वीकार गर्नुहोस् ।’

अध्यक्ष नेपालले नेताहरुले आफूले गरेका गल्ती स्वीकार गरेर अघि बढ्दा मात्रै मुलुकको हित हुने पनि बताउनुभयो ।

समन्धित समाचार