नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पार्टीकी केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर जाने भएका छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणामाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका थिए ।
आक्रमणमा सभापति देउवाको घाँटी र टाउकोमा चोट लागेको थियो भने आरजु राणालाई लछारपछार गरिएको थियो । त्यस दिन नेपाली सेनाले उद्धार गरी दुवैको प्रारम्भिक उपचार गरेको थियो । देउवा थप उपचारका लागि सिंगापुर जान लागेका हुन् ।
देउवा आज सिंगापुर जान लागेका जनाइएको छ । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेका जनाइएको छ ।
जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति त्यही दिन तोकेका थिए ।





