सशस्त्र प्रहरी बलमा भर्ना भएका निर्वाचन प्रहरीको बिदाइ

सशस्त्र प्रहरीमा भर्ना भएका निर्वाचन प्रहरीहरूलाई बिदाइ गरिएको छ । बिहीबार १५ हजार १ सय १० जना निर्वाचन प्रहरीलाई बिदाइ गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । 

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सशस्त्रले १५ हजार १ सय १० जना निर्वाचन प्रहरीलाई सुरक्षामा परिचालन गरेको थियो । उनीहरूलाई विभिन्न निर्वाचन क्षेत्रहरूमा निर्वाचन अवधिभर सशस्त्र प्रहरी कर्मचारीहरूसँगै परिचालन गरिएको थियो । 

सशस्त्रले निर्वाचन पछि निर्वाचन प्रहरीहरूको लागि विपद् सम्बन्धी २ दिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बलले सुरु गरेको विपद् सूचक तयार गर्ने क्रममा निर्वाचन प्रहरीलाई पनि अनुशिक्षण दिएर सूचकको सूचीमा आबद्ध गरिएको डीएसपी थापाले बताए ।