शाही युवाशक्ति नेपाल केन्द्रीय समितिले ‘जेन्जी पुस्ता, जनता र राजा एक हौँ, देश बचाऔँ’ भन्ने नारासहित प्रदर्शन गरेको छ ।
शनिबार सो सङ्गठनले सामाखुसीदेखि वनस्थलीसम्म र्यालीसहित प्रदर्शन गरेको हो । सामाखुसीबाट र्याली सोरखुट्टे जान लाग्दा प्रहरीले रोकेपछि वनस्थली गएर सभा सुरु भएको थियो । उनीहरूले गृहमन्त्री र प्रधानमन्त्री विरुद्ध नारा लगाएका थिए।





