साताको चौथो सेयर कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.७५ अंकले बढेर २५९६.९९ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ४३ वटा स्क्रिप्सको ९७० कित्ता सेयर ८ लाख २३ हजार ९८९ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा १८ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने स्थिर रह्यो।





