माओवादी-समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका ८ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने भएको छ ।

मंगलबार बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव पारित गरेको हो ।

उक्त नामबारे एकतामा रहेका अन्य पार्टी र समूहसँग पनि छलफल गरिने माओवादी नेताहरूले जनाएका छन् ।