नेकपा (माओवादी केन्द्र) का निर्वतमान उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् । शर्माले आज दिउँसो साढे दुई बजे ललितपुर बखुण्डोलस्थित सत्कार रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
माओवादी केन्द्रले एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने निर्णय गरेपछि उपमहासचिव शर्मा त्यसको विपक्षमा उभिएका छन् । माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको बैठक बोलाएर भोलि (बुधबार)हुने एकताको निर्णय अनुमोदन गर्ने तयारी गरेपछि नेता शर्माले त्यसप्रति असहमति राख्दै आज विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
उनले यसअघि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर एकीकृत समाजवादीसहित अन्य ८ घटकको एकता प्रक्रियामा आफू सहभागी नहुने प्रस्ट पारेका थिए ।





