दोलखा हिमपहिरोमा पुरिएर तीन जनाको मृ*त्यु, १२ जना बेपत्ता

दोलखा हिमपहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान ९ः३० बजे हिमपहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले जानकारी दिए ।

यालुङ्ग्री हिमाल आरोहणका लागि गएका स्वदेशी तथा विदेशी १५ जनामध्ये तीन जनाको मृत्यु भएको आलेले बताए । उनका अनुसार १२ जना हालसम्म बेपत्ता छन् ।

हालसम्म मृतक र बेपत्ताहरूको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीले बेपत्ताहरूको खोजीकार्य भइरहेको बताएको छ ।