साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४७ अंक घटेर २६२९.६६ को विन्दुमा झरेको छ।
यस सेसनमा ८ लाख ३७ हजार ७५८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ३६ कम्पनीको १ हजार ६३० कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये १२ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।





