वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका-३ का ३१ वर्षीय राहुल पुञ्ज रहेका छन्।
भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ मा बस्दै आएका पुञ्जलाई शनिबार काठमाडौँ महानगरपालिका-११ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीविरुद्ध एकजना पीडितले उजुरी दिएका थिए। उजुरीमा ४२ लाख रुपैयाँ ठगी गरेको आरोप लगाइएको थियो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार रकम लिएर फरार भएपछि पीडित प्रहरीमा पुगेका थिए। पुञ्जलाई पक्राउपछि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको आचार्यले बताए। https://nepalnews.com/2025/11/02/one-arrested-for-allegedly-defrauding-4-2-million-by-promising-to-send-him-to-the-uk/?utm_source=nepalipatro&utm_medium=np_mobile&utm_campaign=np_news





