नेपाल वायु सेवा निगममा पहुँचका भरमा भर्ती गरिएका कर्मचारी हटाउन प्रधानमन्त्रीको निर्देशन

 नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन् ।

पर्यटनमन्त्रीको समेत जिम्मेवारी सम्हालेकी कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् । निगमका अध्यक्ष युवराज अधिकारी लाई लक्षित गर्दै अवकाश पाएर घर जान लाग्दा पनि निगममा भटाभट आफ्ना मान्छे भर्ती गरेको लज्जास्पद भएको बताएकी छन् ।

अधिकारीले आफ्नो कार्यकाल सकिन लाग्दा ४५ जना आफन्त र पार्टी कार्यकर्तालाई बिना प्रतिस्पर्धा नियुक्तिपत्र दिएका थिए। यस्तै प्रधानमन्त्री कार्कीले ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? यता यत्रो आन्दोलन भइरहेको छ,’

प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘उता भटाभट निगमले आफ्ना मान्छे भर्ती गरेको छ । अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन । कतिसम्मको बेथिति हो यो ?’

कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उनले निर्देशन दिएकी छन्।