प्रधान न्यायाधीश सहित वरिष्ठतम् न्यायाधीशहरू बांङ्लादेशको भ्रमणमा

 प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा एउटा टोली बंगालदेशको भ्रमणमा गएको छ । 

बांङ्लादेशका प्रधान न्यायाधीश डा. सैयद रेफात अहमेदको निम्तोमा सर्वोच्च अदालतको एउटा टोली त्यहाँ पुगेको हो ।

प्रधान न्यायाधीश राउतले नेतृत्व गर्ने टोलीमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेल सहभागी छन् ।

शनिबारदेखि न्यायाधीश कुमार रेग्मीले कामू प्रधान न्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । न्यायाधीश रेग्मी स्वयं पनि न्यायिक कार्यक्रममा सहभागी हुन चीन भ्रमणमा जाँदैछन् । सोमबारदेखि न्यायाधीश हरि फूयालले कामू प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै छन् ।

प्रधान न्यायाधीशको टोली आगामी मंगलबारसम्म बंगालदेशको राजधानी ढाकामा रहेछन् भने त्यसपछि स्वदेश फर्कनेछ । त्यतिञ्जेल न्यायाधीश फूयालले नै कामू प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।