यात्रुबाहक बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा चार जनाको मृ*त्यु

धनुषामा यात्रुबाहक बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकै परिवारका तीनजनासहित चार जनाको मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन्।

शनिबार साँझ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिक दुर्घटना भएको हो। विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र. ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई ठक्कर दिएको थियो।

दुर्घटनामा अटोरिक्सा सवार गणेशमान चारनाथ नगरपालिका–१ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर, र अटोरिक्सा चालक ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिए।

सोही अटोरिक्सा सवार १४ वर्षीय शीतल मगर९ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्। उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।का प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।