देशव्यापी आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईंँ पर्सी भारत जाँदै

 मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंँ भारत जाने भएका छन् । उनी पर्सी (आइतबार) भारत जाने भएका हुन् ।

उनको भ्रमणका क्रममा भारतका केही उच्चस्तरीय नेताहरूसँग भेटवार्ता तय भएको स्रोतले जनाएको छ ।

यसैबीच, प्रसाईं नेतृत्वको समूहले मंसिर ७ गतेदेखि नयाँ चरणको आन्दोलन गर्दै छ । आन्दोलनका लागि देशभर उनले आफ्ना टोलीहरू सक्रिय रूपमा परिचालन गरेका छन् ।

स्रोतका अनुसार, भारत भ्रमणबाट फर्किएपछि प्रसाईँले आन्दोलनको औपचारिक घोषणा गर्ने तयारी गरेका छन् ।

गत बुधबार प्रत्रकार सम्मेलन गर्दै उनले यो आन्दोलन “सिस्टम परिवर्तन” केन्द्रित हुने बताएका थिए । प्रसाईंका अनुसार यो अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७५ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा हुने समेत बताएका थिए ।

उनले आगामि मंसिर ७ गतेदेखि हुने व्यवस्था परिवर्तनको आन्दोलनमा कुनै किसिमको अराजक गतिविधि नहुने पनि जानकारी दिइसकेका छन् ।