आज शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै वृद्धि भएको छ । यस दिन सुनको भाउ तालामा २ हजार ७ सय रुपैयाँले वृद्धि भएर २ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
हिजो बिहिबार तोलाको २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ तोलामा ८० रूपैयाँले बढेर ३ हजार ६० रुपैयाँमा उक्लिएको छ ।





