अब विदेश जाने यात्रु एक घण्टा अगाडिनै अध्यागमनमा पुगिसक्नुपर्ने

अब विदेश जाने यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा कम्तीमा एक घण्टा अगाडि नै पुग्नुपर्ने भएको छ ।

अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भन्दै कम्तीमा एक घण्टा अगाडि पुग्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ । अन्तिम समयमा जाँच डेस्क अफिसरलाई समेत चेकजाँच गर्न कठिनाइ हुने हुँदा यसमा कडाइ गरिएको बताएको छ । 

अध्यागमन विभागले शुक्रबार विमानस्थलमा खटिने सबै एयरलाइन्स कम्पनीसहित सरोकारवाला निकायबीच छलफल समेत गराएको थियो । त्यसपछि यो निर्णय लिइएको हो ।