सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ स्थित जलुवाटोलमा आज बिहान बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
बिहान करिब ७ः१५ बजे पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत भने हुन सकेको छैन । घाइते १६ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १२ जनाको अवस्था मध्यम र १ जनाको सामान्य छ ।घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।





