साउन २५ गते सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।

साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले मन्त्रिपरिषद्को निर्णय र प्रदेश राजपत्रमा सूचना प्रकाशन भए अनुसार गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको जानकारी दिइन । नेवार समुदायको महत्त्वपूर्ण बसोबास रहेको बागमती प्रदेशको काठमाडौँ उपत्यका सहित विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइन्छ ।

16a 1