धादिङको बेल्खुमा ३ वटा सवारी साधन ठोक्किए

पृथ्वी राजमार्गको गल्छी-मलेखु सडक खण्डमा पर्ने  बेल्खु भन्ने स्थानमा ३ ओटा  सवारीका साधनहरु एक आपसमा ठक्कर खाँदा सात जना यात्रु घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रोष्ठका अनुसार काठमाण्डौँबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख २८२७ नम्बरको तेल ट्याङ्कर र विपरित दिशातर्फबाट आउँदै गरेको बाग्मती प्रदेश ०१– ०३२ च ०१४८नम्बरको योद्धा पिकअप र बाग्मती प्रदेश  ०१०६ख८१७५ नम्वरको माईक्रोबस एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी घाइते भएकाहरु मध्ये सात जनालाई थप उपचारका लागि काठमाण्डौँ लगिएको छ ।।