रसुवागढीमा आएको बाढीमा परेर १६ जना बेपत्ता, ९ जनाको उद्धार

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार, सवारी चालक, ४ जना चिनियाँ कामदार रहेका छन्। रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको उद्धार भएकोछ ।