मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो।
नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विष्फोटक इनिङ खेल्दै जितसम्म पुर्याए ।शिवान्स बजगाईं २३ रनका अविजित रहे ।





