राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई राजनीतिमा उत्रिन सुझाएका छन ।
पुनले आज एक फेसबुक पोस्टमार्फत आफुलाई दुख दिने ऊर्जामन्त्री दीपक खड्काको क्षेत्र (संखुवासभा) बाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न सुझाएका छन । उनले कुलमानलाई शून्य नम्बर दिने सचिव र सहसचिवको टोलीलाई आफुले माइनस ९९ नम्बर दिने बताए । त्यस्ता विवेकहीन कर्मचारीले देश डुबाउनुका साथै नेताहरूलाई पनि पंगु बनाउने उनले उल्लेख गरेका छन ।




