श्री परमानन्द सरस्वतीटोल बिकास संस्था, भरतपुर – ९ ले गौ पुजा सम्पन्न गरेको छ । धार्मिक अभियन्ता श्री प्रेमनिधी भारद्वाजको आव्हानमा लक्ष्मी पुजा तथा गोबर्द्धन पुजाको अवसर पारेर सो पुजा सम्पन्न गरीएको हो |

गौ पुजा कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ९ का अध्यक्ष यमलाल कंडेलले सनातन संस्कृती संरक्षणमा गाईको पुजा अनिबार्य भएको बताउदै गाईको संरक्षण र पुजा गर्नाले आइपर्ने समस्याहरु हटेर जाने उल्लेख गर्नु भयो| हिन्दु धर्मको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्दै यसकालागि आफु जस्तो सुकै कदम चाल्न पनि पछी नहट्ने प्रतिवद्दता ब्यक्त गर्नु भयो |

यसैगरी धार्मिक अभियन्ता श्री प्रेमनिधी भारद्वाजले गाई लक्ष्मी माताको स्वरुप हो भन्दै गौ पुजाको महत्व र महिमामाथि प्रकाश पार्नु भयो साथै गाईको पूजा गर्नाले गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रहेको उल्लेख गर्दै यस्ता चाड पर्व धर्म संस्कृतीको संरक्षण र जगेर्ना गर्न श्री परमानन्द सरस्वतीटोल बिकास संस्थाले जस्तै सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो|

