माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या, आकस्मिक अवतरण

505 1

माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इञ्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको स्रोतले जनाएको छ । समस्या देखिएपछि अवतरण भएको र सबै स्थिति सामान्य रहेको स्रोतले जनाएको छ ।

बुद्धको नाइनएनएजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि क्याप्टेनले डाइभर्ट गरी अवतरण गरिएको हो ।

समन्धित समाचार