फलाई दुबईले दुबई-भैरहवा दैनिक उडान गर्ने

1 4

फलाई दुबईले आगामी कार्तिक २४ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हप्ताको सातै दिन उडान गर्ने भएको छ ।​

फलाई दुबईले दुबई–भैरहवा र भैरहवा, काठमाडौं हुँदै दुबई उडान गर्न लागेको हो । कार्तिकदेखि फलाई दुबई भैरहवा उडान भर्न तयार रहेको जनाइएको छ । फलाई दुबईको जहाज दिउँसो एक बजेर ४५ मिनेटमा भैरहवा अवतरण गर्नेछ । भैरहवाबाट पौने ३ बजे काठमाडौं प्रस्थान गरेर साढे ३ बजे काठमाडौंमा पुग्नेछ ।

काठमाडौंबाट साढे ४ बजे दुबई उड्ने तालिका सार्वजनिक भएको छ । ​गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकतर्फी उडान भए पनि भैरहवाबाट दुबई जानेलाई सहज हुने छ । भैरहवाबाट दुबई जान चाहनेले काठमाडौंमा एक घण्टा ‘ट्रान्जिट’मा बस्नु पर्नेछ ।

समन्धित समाचार