हिन्दुहरूको महान् पर्व बडादशैं आजबाट सुरु भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ ।
काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा जमरा राखिएको छ। बिहीबार घटस्थापनाको दिन बिहान उत्तम साइतमा दरबारको दशैंघरमा विधिपूर्वक जमरा राखिएको हो । दशैंघरमा वैदिक विधिपूर्वक जमरा राखेपछि महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ।
