संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ ।
जस अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने छ । बैठकमा विभिन्न देशका प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ।
शिक्षा, स्थास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्ने छ । उक्त बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाहीबारे छलफल हुनेछ । त्यस्तै मन्त्रालयका चुनौती र भावी कार्यदिशाबारे पनि छलफल गर्ने कार्यसूची छ।
यता राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ।
दिउँसो १ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ ।
