नेप्से २३.८७ अंकले बढ्यो, १४ अर्ब ५५ करोडको कारोबार

नेप्सेमा आज साताको अन्तिम कारोबार दिन आज विहिबार नेप्से २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३५ कम्पनिका ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता शेयर १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २३० मा कारोबार भएको थियो । आज होटल्स, निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज सालपा विकास बैंक र रिलायन्स स्पिनिंग मिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नेशनल हाइड्रोको शेयर ९.९७ प्रतिशतले बढेको छ भने होटेल फरेष्ट इनको शेयर ९.९३ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी कुमारी सबल योजनाको शेयर ३.८२ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ६७ करोड ७९ लाख बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनिको ५६ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।