सागर डिष्टिलरीको आइपिओ सर्वसाधारणका लागि निष्कासन

सागर डिष्टिलरी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अङ्कित दरमा ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्कासन गरेको हो ।

यसमध्ये ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कर्मचारीका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसअघि भदौ २५ गतेदेखि आइपिओ निष्कासन गर्ने योजना भए पनि देशको विषम परिस्थिति भएकाले स्थगित गरिएको थियो । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत दिन सकिनेछ ।
आईपीओ छिटोमा भदौ २४ र ढिलोमा असोज ३ गते बन्द हुनेछ । 

यस आइपिओका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आइपिओ जारी गरिसकेको छ ।