साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





