नेप्सेमा १०.५० अंकको गिरावट

साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ को विन्दुमा कायम आईपुगेको छ । 

नेप्सेमा यसदिन ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । 

आज माया खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.७४ प्रतिशत र सानिमा लार्ज क्याप फन्डका इकाईधनीले ४.३२ प्रतिशतका दरले कमाएका छन् ।

केबिएल डिबेञ्चरका इकाईधनीले आज सर्वाधिक ९.४८ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, सिक्लेस हाइडोपावरका लगानीकर्ताले ७.२२ प्रतिशतका दरले गुमाए । 

यसदिन बलेफि हाइड्रोपावरको सर्वाधिक ३४ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, यूनाइटेड मोदी हाइड्रोपावरको २७ करोड ४७ लाख रुपैयाँ र शिवम् सिमेन्टको २४ करोडको सेयर कारोबार भएको छ ।