काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना: चार जना घाइते

कैलालीको लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । काठमाडौंबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००२ नम्बरको बस आज बिहान सडक किनारमा पल्टिएको हो। घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । बसमा ४५ जना यात्रु सवार थिए ।