म संग भएको प्रमाण समितिमा पुगिसकेको छ : महामन्त्री गगन थापाले

6 18

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा आफूहरुसँग भएको तथ्य प्रमाण दिएकै कारणले रास्वपा सभापति रवि लामिछानेले ९ घण्टा बयान दिनुपरेको दाबी गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अब आफू समितिको फैसला पर्खेर बसेको बताएका हुन्।

सदनमा नै प्रमाण खोइ भनेकोमा तथ्य प्रमाण भएकैले यत्रो संघर्ष गरेर संसदीय छानबिन समिति बनाएको उनले दाबी गरे। ‘केही दिनदेखि संसदमा साथीहरुले प्रमाण खोइ भनेको पाए, तथ्य प्रमाण भएरै त होला हामीले यत्रो संघर्ष गरेर संसदीय समिति हामीले बनाएका छौं । त्यो हामीले नै लडेर बनाएको हो नि’ उनले भने।

यस्तै महामन्त्री थापाले टिओआर आफूहरुले नै लेख्न लगाएको र नाम तथा कम्पनीको नाम लेख्न लगाएको दाबी समेत गरे। आफूहरुसँग भएका प्रमाणहरु समितिसमक्ष पुगिसकेको उनको भनाइ छ।

‘हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला । यसो ख्याल गर्नुभएन । ९ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था तथ्य प्रमाण भनेको आधारमा आएको होइन होला। मलाई समितिमाथि विश्वास छ,’ उनले भने।

समन्धित समाचार