परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भदौ २ गते भारतको राजधानी नयाँ दिल्ली जाने भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गरेको हो । परराष्ट्रमन्त्री देउवाले भदौ २ देखि ६ गतेसम्म भारतको भ्रमण गर्ने निर्णय भएको हो ।
परराष्ट्रमन्त्रीको रूपमा आरजुको यो पहिलो विदेश भ्रमण हो । स्वास्थ्य उपचारको शिलशिलामा नयाँ दिल्ली जान लागेकी देउवाले त्यहाँ राजनीतिक भेटवार्ता गर्ने स्रोतले बतायो । उनले भारतीय समकक्षी डा.एस जयशंकरसँग उनले भेट्ने कार्यक्रम छ ।
