हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका एक / दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।